Yangoएप लिनुहोस्

हरेक डेलिभरीमा पार्सल बीमा स्वतः समावेश हुन्छ।

तपाईंको पार्सलमा रु. १०,००० सम्मको बीमा सुरक्षा। अझ ढुक्क भएर पठाउनुहोस्।

एक ग्राहकले रातो Yango Delivery झोला बोकेका कुरियरलाई पार्सल दिँदै।

तपाईंको पार्सलको बीमा

अधिकतम बीमा रकम

रु. १०,००० सम्म*

तल उल्लेख गरिएका घटनाबाट पार्सल हराएमा वा क्षति भएमा।

कति रकम कटौती हुन्छ?

पार्सलको मूल्यको ५%

स्वीकृत दाबी रकमबाट यो रकम घटाइन्छ। ५% बराबरको रकम रु. १०० भन्दा कम भएमा रु. १०० कटौती गरिन्छ।

उदाहरण। रु. १०,००० मूल्यको पार्सलका लागि रु. १०,००० को दाबी स्वीकृत भएमा, रु. ५०० कटौतीपछि रु. ९,५०० भुक्तानी हुन्छ।*

रातो Yango Delivery झोलासँगै सुरक्षित रूपमा प्याक गरिएको पार्सल।

के–के समेटिन्छ?

सडक दुर्घटना

सडक दुर्घटनाका कारण पार्सल हराउँदा वा क्षति हुँदा।

आगलागी र विस्फोट

आगलागी, चट्याङ र बाह्य स्रोतबाट भएको विस्फोट।

बल प्रयोग भएको चोरी वा लुटपाट

बल प्रयोगको धम्कीसहित भएको लुटपाट वा जबरजस्ती प्रवेश गरेको स्पष्ट चिन्ह भएको चोरी।

प्राकृतिक प्रकोप

डेलिभरी मार्गमा आएको आकस्मिक बाढी, पहिरो र भूकम्प।

कस्ता डेलिभरीमा बीमा लागू हुन्छ?

कहाँ पठाउन सकिन्छ?

काठमाडौँ उपत्यकाभित्र Yango एपमा बुक र रेकर्ड गरिएका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे डेलिभरी।

के पठाउन सकिन्छ?

रु. १०,००० वा सोभन्दा कम मूल्यका पार्सल, जुन सुरक्षित रूपमा प्याक गरिएका छन् र डेलिभरीअघि सही मूल्य उल्लेख गरिएको छ।

बीमा कहिले लागू हुन्छ?

एपमा रेकर्ड भएको डेलिभरी चलिरहेको अवधिमा, Completed (पूरा भएको) वा Cancelled (रद्द भएको) देखाइएसम्म।

डेलिभरीका सर्तहरू

कुरियरले बुक गरिएको र सडकमा चलाउन योग्य सवारी प्रयोग गर्नुपर्छ र वैध सवारी चालक अनुमतिपत्र हुनुपर्छ। डेलिभरीको प्रमाण OTP, हस्ताक्षर वा फोटोमार्फत रेकर्ड गरिएको हुनुपर्छ।

रातो हेलमेट लगाएका कुरियर ढाडमा Yango Delivery झोला बोकेर मोटरसाइकलमा।

दाबी कसरी गर्ने?

  1. १

    Yango सहायतामा सन्देश पठाउनुहोस्

    घटना भएको २४ घण्टाभित्र एपको सहायतामा आफ्नो अर्डर ID, के भयो, कहिले र कहाँ भयो भन्ने विवरणसहित सन्देश पठाउनुहोस्।

  2. २

    UAIL ले तपाईंलाई सम्पर्क गर्छ

    सहायता टोलीले पुष्टि गरिएका घटनाका विवरण युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) लाई पठाउँछ। बीमा कम्पनीले दाबीका कागजातका लागि तपाईंलाई सम्पर्क गर्छ।

  3. ३

    दाबीको निर्णय पाउनुहोस्

    UAIL ले दाबीको मूल्याङ्कन गर्छ। दाबी स्वीकृत भएमा, तपाईंले हस्ताक्षर गरेको दाबी फर्छ्योट फाराम प्राप्त गरेपछि भुक्तानी गर्छ।

दाबीका लागि चाहिने कागजात

के–के पठाउनुपर्छ भनेर UAIL ले तपाईंलाई सम्पर्क गरी जानकारी दिन्छ। मागिएका कागजात घटना भएको ७–१४ दिनभित्र सिधै बीमा कम्पनीलाई बुझाउनुहोस्।

UAIL ले भरिएको दाबी फाराम र दाबीको मूल्याङ्कनका लागि आवश्यक अन्य प्रमाण पनि माग्छ। मर्मत गरिएका सामानका लागि मर्मतको लागत अनुमान र मूल्य अभिवृद्धि कर (VAT) बिल पनि चाहिन्छ।

प्रश्नहरू र सर्तहरू

मैले पाउने रकम कसरी गणना हुन्छ?

UAIL ले बीमाले समेट्ने क्षतिको मूल्याङ्कन गर्छ। रकम तपाईंले पार्सलका लागि उल्लेख गर्नुभएको मूल्य वा रु. १०,००० मध्ये जुन कम छ, त्यसभन्दा बढी हुँदैन। त्यसपछि पार्सलको उल्लेख गरिएको मूल्यको ५% कटौती गरिन्छ। न्यूनतम कटौती रु. १०० हुन्छ।

के प्रहरी प्रतिवेदन चाहिन्छ?

हो। सबै पार्सल बीमा दाबीका लागि UAIL ले प्रहरी प्रतिवेदन अनिवार्य गरेको छ।

मसँग बिल छैन भने के हुन्छ?

UAIL ले सामानको विवरण, एपमा उल्लेख गरिएको मूल्य र फोटो, च्याट वा अर्डर विवरणका आधारमा मूल्याङ्कन गर्न सक्छ। तपाईंले उल्लेख गर्नुभएको मूल्य र सामानको उचित बजार मूल्यको अनुमानमध्ये जुन कम छ, त्यसलाई आधार मानिन्छ। त्यसपछि कटौती र बीमाका सीमाहरू लागू हुन्छन्।

दाबीका कागजात कसलाई पठाउने?

कागजात सिधै UAIL लाई पठाउनुहोस्। Yango सहायता टोलीले डेलिभरीको पुष्टि गरी घटनाका विवरण बीमा कम्पनीलाई पठाउँछ। UAIL ले कागजात माग्ने, दाबीको मूल्याङ्कन गर्ने र भुक्तानी गर्ने काम गर्छ।

भुक्तानी पाउन कति समय लाग्छ?

मूल्याङ्कन पूरा भएपछि UAIL ले तीन कार्यदिनभित्र दाबी फर्छ्योट फाराम जारी गर्छ। तपाईंले हस्ताक्षर गरेको फाराम प्राप्त भएपछि स्वीकृत रकम तीन कार्यदिनभित्र भुक्तानी गर्छ।

के–के समेटिँदैन?
  • एपबाहिर गरिएका, निजी वा रेकर्ड नगरिएका डेलिभरी, वा बुक गरिएकोभन्दा फरक सवारीमा गरिएको डेलिभरी
  • डेलिभरी चलिरहेको अवधिबाहिर, स्वीकृतिबिना रोकिँदा वा कुरियरले व्यक्तिगत कारणले मार्ग परिवर्तन गर्दा भएको हानि
  • निगरानीबिना छाडिएका पार्सल, वा बल प्रयोगको धम्की वा जबरजस्ती प्रवेशको स्पष्ट चिन्हबिना भएको चोरी
  • डेलिभरी सुरु हुनुअघिदेखि रहेको क्षति वा खराबी
  • कमजोर प्याकिङ वा सामानको आफ्नै प्रकृतिका कारण हुने क्षति, जसमा स्वाभाविक रूपमा बिग्रनु वा अपर्याप्त प्याकिङका कारण फुट्नु पनि पर्छ
  • गैरकानुनी वा निषेधित सामान, जसमा विस्फोटक पदार्थ, हानिकारक रसायन र अनुमतिबिना ढुवानी गरिने पशुपन्छी पनि पर्छन्
  • जानाजानी गरिएको क्षति वा लापरबाही, वा आफैँले निम्त्याएको हानि
  • मदिरा वा लागूपदार्थको नशा संलग्न भएका घटना
  • कुटपिट वा शारीरिक झगडाबाट भएको हानि
  • युद्ध, नागरिक अशान्ति वा आणविक जोखिम
  • ढिलाइका कारण हुने नोक्सानीलगायत अप्रत्यक्ष वा घटनाको परिणामस्वरूप हुने नोक्सानी

Yango डाउनलोड गर्नुहोस्

अझ ढुक्क भएर पार्सल पठाउनुहोस्।

एप लिनुहोस्

रु. १०,००० वा सोभन्दा कम मूल्यका पार्सलका लागि खल्ती सुरक्षाको समन्वय सहयोगमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा प्रदान गर्छ। बीमा सुरक्षामा बीमालेखका सर्तहरू, भुक्तानीबाट हुने कटौती, नसमेटिने अवस्थाहरू र उपलब्ध सीमाहरू लागू हुन्छन्।

* सबै दाबीका लागि दैनिक भुक्तानीको साझा सीमा रु. २०,००० हो। बीमा अवधिभर सबै दाबीका लागि कुल सीमा रु. १,४०,००० हो।

Yango सहायतामा सन्देश पठाउनुहोस्

Yango एप खोलेर आफ्नो पार्सल डेलिभरीबारे सहायतामा सन्देश पठाउनुहोस्।

घटना भएमा २४ घण्टाभित्र सहायतामा सम्पर्क गर्नुहोस्। आफ्नो अर्डर ID र घटनाको विवरण दिनुहोस्। सहायता टोलीले विवरण UAIL लाई पठाउँछ र बीमा कम्पनीले कागजातका लागि तपाईंलाई सम्पर्क गर्छ।

एपमा सहायता खोल्नुहोस्

एप खुलेन भने आफ्नो फोनमा Yango खोलेर सहायता खण्डमा जानुहोस्।